+
Search

ताजा अपडेट +

पपुलर +

वर्षमानले भने : एमालेसँग चुनावी तालमेल हुन सक्छ, ढोका बन्द गरेका छैनौँ

4KNationalDaily
२०७८ चैत्र २, बुधबार १८:५६ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ले नेकपा (एमाले)सँग चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन्।

पुनले आगामी तीनै तहको निर्वाचनमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी (जसपा)सँग तालमेलमा पहिलो जोड दिने बताए।

तर एमालेसँग पनि सहकार्यको ढोका बन्द नराख्ने नीति आफूहरुले अख्तियार गरेको पुनले बताएका छन्।

‘सत्ता गठबन्धनबीचमै चुनावी तालमेल गर्नेमा हाम्रो जोड रहन्छ’, पार्टीको लुम्बिनी प्रदेश बैठकलाई बुधबार सम्बोधन गर्दै पुनले भने, ‘एमालेसँग पनि ढोका बन्द गरेका छैनौँ।’

यद्यपि माओवादी एक्लै निर्वाचन लड्न सक्षम रहेको पनि उनले जिकिर गरेका छन्। ‘चुनावी तालमेल र सहकार्यलाई अस्वीकार गर्दैनौं, तर आफ्नै बलमा चुनाव लड्न सक्षम छौं’, पुनले भने।

उनले बहुमत स्थानीय तह जितेका कांग्रेस र एमालेका जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त भएको आरोप पनि लगाए। तर, माओवादीले जितेका स्थानीय तहमा राम्रो र नमुना योग्य काम भएको उनले दाबी गरे।

कार्यसम्पादनमा उत्कृष्ट पाँच पालिकामध्ये तीन माओवादीले जितेका भएबाट पनि स्थानीय तहमा राम्रो गरेको प्रमाणित हुने उनले बताए।

‘देशभर उत्कृष्ट ठहरिएका पाँचमा तीन हामीले जितेका पालिका छन्, यसले पनि हाम्रो क्षमता दर्साउँछ’, उनले भने।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily