+
Search

ताजा अपडेट +

पपुलर +

अखिल नेपाल पर्यटन मजदुर संघको अध्यक्षमा तामाङ

4KNationalDaily
२०७८ चैत्र ६, आईतवार १९:३८ बजे

काठमाडाैं- अखिल नेपाल पर्यटन मजदुर संघको अध्यक्षमा धन बहादुर तामाङ चयन भएका छन् ।

‘२१ औ शताब्दीको पर्यटन मजदुर, सक्षम र आत्मनिर्भरतामा मजबुत’ भन्ने मूल नाराका साथ संघको चौथो राष्ट्रिय अधिबेशनबाट तामाङकाे नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति चयन गरेको हाे ।

जसकाे बरिष्ठ उपाध्यक्षमा गोपाल लिम्बु, उपाध्यक्षमा जे बि राइ, प्रकाश ढुङ्गाना, महिला उपाध्यक्षमा चित्रा त्रिपाठी, महासचिबमा सन्तोष ढकाल, उपमहासचिबमा हरि बहादुर गुरुङ र बिष्णु प्रसाद देबकोटा, सचिव लक्ष्मण गुरुङ, दिपक भुजेल र कृष्ण प्रसाद भट्टराइ चयन भएका हुन् ।

त्यस्तै, कोषध्यक्षमा इन्द्र बहादुर बराम र सदस्यहरु रोशन ढकाल, नितेश पुडासैनी, निमालाक्पा शेर्पा, राम गुरुङ, शिशिर पौडेल, जय बहादुर तामाङ, बिष्णु राइ, कुशल राइ, छबिलाल खनाल, लीलाधर आचार्य, पासांग शेर्पा, के बि तामाङ, केबी लामा, कृष्ण प्रसाद पौडेल, मान बहादुर गुरुङ, हरिमाया नेपालि, अमृत प्रसाद भट्टराई र दिलिप आचार्य रहेका छन्।

अधिबेशनले भोजराज खत्रीको संयोजकत्वमा ३ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको थियो । सदस्यमा टंक पौडेल र लक्ष्मी राइ रहेका थिए।  निर्बाचित भएपछी अध्यक्ष तामाङले पर्यटन श्रमिक बर्गको हक हित र अधिकारका लागि निरन्तर लागि पर्ने बताएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily