+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचन आयोग र सरकारका गतिविधिप्रति एमालेको आपत्ति, ‘चुनाव प्रभावित पार्न सरकारले अन्धाधुन्ध सरुवा गर्‍यो’

4KNationalDaily
२०७८ चैत्र १३, आईतवार १७:५५ बजे

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाच आयोगप्रति असन्तुष्टि जनाएका छन् ।

आइतबार एमाले स्थायी कमिटी बैठलाई सम्बोधन गर्दै ओलीले मतपत्रको रङ बदल्ने निर्णयप्रति आपत्ति जनाउँदा जनाउँदै पनि बलमिच्याइ गरेको आरोप लगाए।

‘मत पत्रको रङ बदल्नै पर्छ,’ उनको भनाइ छ, ‘ यो विल्कुलै आपत्तिजनक कुरा हो । निर्वाचन आयोगले यस्ता क्रियाकलाप गर्न मिल्दैन । हामीले आपत्ति जनाउँदा जनाउँदै बलमिच्याइ किन ?’

ओलीले सत्ता गठबन्धनको समझदारीमै आयोगले सबै गरिरहेको समेत अरोप लगाए।

‘निर्वाचन आयोगले हरियो रङ छान्यो, यो एउटा संकेत हो,’ उनले भने, ‘हरियो रङ लगाउँदा छर्लङ्ग देखिने रहेछ भन्ने कुरा आयोगले गर्‍यो। सूर्यमा हरियो रङ लगाउँदा कसरी प्रष्ट देखिने रहेछ ? हरियो रुख ढपक्क पार्ने आयोगको निर्णय आपत्तिजनक हो ।’

आयोगले दलहरुसँग परामर्श नगरि एउटा दल विशेषलाई फाइँदा पुग्ने गरि रङ निर्धारण गरेको आरोप लगाउँदै ओलीले यसको प्रतिवाद गर्न समेत नेताहरुलाई निर्देशन दिए।

‘हाम्रो विपक्षमा फैसला गर्ने निर्वाचन आयोगको क्रियाकलाप हामीले देखेका छौं,’ उनले भने, ‘अब यस्ता क्रियाकलाप नहोउन भनेर निर्वाचन हेर्ने साथीहरु प्रस्तुत हुनुहोला ।’

निर्वाचन आयोगको भूमिका तथस्ट हुनुपर्ने र सबैले विश्वास गर्ने खालको हुनुपर्ने उनको भनाइ छ । ‘हामी निष्पक्ष, निर्विवाद, तटस्थ निर्वाचन आयोग चाहन्छौं,’ ओलीले भने, ‘हामी निष्पक्ष निर्वाचन आयोग चाहान्छौं, जसमाथि सबै पार्टी र जनताले विश्वासा गर्न सकौँ ।’

निर्वाचन आयोग अटेरी गरेर अगाडि बढीरहेको भन्दै ओलीले यो चिन्ताको विषय रहेको समेत बताए ।

स्थायी कमिटी बैठकले पारित गरेका विशेष प्रस्तावबारे जानकारी दिँदै प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले मतपत्रको रङ परिवर्तन गरेर हरियो बनाउने र दुई दिन मनोनयनका लागि समय दिने निर्णय सच्याउन आग्रह गरे ।

त्यस्तै सरकारले स्थानीय चुनाव घोषणापछि पनि कर्मचारी र प्रहरीका अन्धाधुन्ध सरुवा बढुवा गर्ने र चुनाव प्रभावित पार्ने खालका नियमावली तथा अध्यादेशहरू ल्याउने काम गरिरहेको भन्दै एमालेले आपत्ति जनाएको छ ।

एमालेको निर्णयमा भनिएको छ– ‘दलहरूसँग कुनै परामर्श नगरी बिना औचित्य मतपत्रको रङ परिवर्तन गर्ने र मनोनयनका लागि दुई दिनको समय सत्तारुढ दल विशेषलाई अनुकूल हुनेगर गरिएको स्पष्ट छ । यो निर्णय अनुचित तत्काल सच्याउन यो बैठक माग गर्दछ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily