काठमाडौँ– अमेरिका भ्रमणमा रहेकी अभिनेत्री वर्षा शिवाकोटीले नकारात्मक टिप्पणीको ओइरो लागेपछि बिकनी पहिरनमा खिचिएका आफ्ना तस्बिर सामाजिक सञ्जालबाट हटाएकी छन्।
उनले यसै साता फ्लोरिडाको समुद्री तटमा बिकिनी लगाएर रमाएको तस्बिर आफ्ना फेसबुक र इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्।
तर पहिले शालीन स्वभावकी ठानिएकी नायिका शिवाकोटीले अश्लीलता प्रदर्शन गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको थियो।
त्यसो त उनको पहिरन र स्वतन्त्रताको समर्थन गर्नेहरू पनि थिए। तर विरोध र आलोचना गर्ने नै बढी देखिए।
उनको ब्रेकअपको घटनालाई समेत जोडेर कमेन्ट गरिए। नकारात्मक कमेन्टको वर्षा नथामिएपछि अन्ततः अभिनेत्री वर्षाले आफ्ना ती तस्बिर सामाजिक सञ्जालबाट हटाएकी हुन्। अहिले वर्षाकाे भेरिफाइड फेसबुक र इन्स्टाग्राममा ती तस्बिर छैनन्।
प्रतिक्रिया