+
Search

ताजा अपडेट +

पपुलर +

आईपीएल : बैंग्लोरमाथि पञ्जावको सानदार जित

4KNationalDaily
२०७८ चैत्र १४, सोमबार ०७:४९ बजे

काठमाडौं– पञ्जाव किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी सुरुवात गरेको छ।

२ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको पञ्जावले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

पञ्जावको जितमा डेब्यू खेल खेलेका विकेटकिपर भानुका राजपक्षेले २२ बलमा २ चौका र ४ छक्कासहित ४३ रन बनाए भने डेब्यू खेल नै खेलेका वेस्टइन्डिजका युवा अलराउन्डर ओडेन स्मिथ ८ बलमा १ चौका र ३ छक्कासहित २५ रनमा अविजित रहे।

शाहरुख खान २० बलमा १ चौका र २ छक्कासहित २४ रनमा अविजित रहे। बैंग्लोरका मोहम्मद शिराजले ४ ओभरमा ५९ रन खर्चेर २ विकेट लिए। अक्षदीप, वानिन्दु हसरंगा र हर्षल पटेलले १–१ विकेट लिए।

त्यसअघि डिवाई पटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको बैंइलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियो। बैंग्लरका कप्तान फाफ डु प्लेसिसले ५७ बलमा ३ चौका र ७ छक्कासहित सर्वाधिक ८८ रन बनाएका थिए।

दिनेश कार्तिक १४ बलमा ३ चौका र ३ छक्कासहित ३२ रनमा अविजित रहे भने विराट कोहलीले २९ बलमा १ चौका र २ छक्कासहित ४१ रन बनाए।

बैंग्लोरले आफ्नो दोस्रो खेल बुधबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ भने पञ्जावले पनि दोस्रो खेल शुक्रबार कोलकातासँगै खेल्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily