रोल्पा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै कायम रहेको बताएका छन् ।
सोमबार रोल्पाको लिवाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले संविधान र गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै जारी राखेको बताएका हुन् ।
अझैपनि देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुबाट संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र रोकिएको छैन, प्रचण्डको भनाइ छ । उनले त्यस्तो षड्यन्त्र जारी रहेकाले रोल्पालाीहरुलाई खबरदारी गर्न नछाड्न आग्रह गरे ।
‘तपाईंहरुकै बलमा हामीले सिंहदरबारमा लड्ने हो । हिजो हतियारबाट लडिएको थियो, तर आज शान्तिपुर्ण । आन्दोलन भने रोकिएको छैन’, प्रचण्डको भनाइ छ ।
अध्यक्ष प्रचण्डले जनयुद्धकालिन समयमा सरकारले माओवादीलाई घेरा हाल्ने र सखाप पार्ने नीतिमा रहेजस्तै आज पनि प्रतिक्रियावादी र परिवर्तनकारीबीच त्यस्तै लडाई जारी रहेको बताए ।
प्रतिक्रिया