+
Search

ताजा अपडेट +

पपुलर +

पीएनजीलाई हराउँदै टी-२० सिरिजमा नेपालको विजयी सुरुवात

4KNationalDaily
२०७८ चैत्र १४, सोमबार १६:२७ बजे

काठमाडौं– राजधानीमा जारी त्रिदेशीय टी—२० सिरिजमा नेपालले विजयी सुरुआत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शनमा पपुवा न्यूगिनि (पीएनजी)लाई १५ रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६८ रनमा मात्रै बनाउन सफल भयो ।

जितसँगै नेपालले दुई अंक जोडेको छ । डबल राउन्ड रोविनका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले टोलीले फाइनल खेल्नेछन् ।

नेपालको बलिङमा कप्तान सन्दीप लामिछाने र करण केसील उत्कृष्ट प्रदर्शन गरे । सन्दीपले चार ओभरमा २२ रन खर्चे र तीन विकेट लिए । भने, करणले ४ ओभरमा ४४ रन खर्चेर तीन विकेट लिएका थिए । अविनास बोहराले दुई तथा सोम्पाल कामीले एक विकेट लिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily