+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी केन्दको परिपत्र : उम्मेदवार छनौटमा नयाँ मापदण्ड, ५ दिनभित्र तथ्यांक पठाउन निर्देशन

4KNationalDaily
२०७८ चैत्र १९, शनिबार १७:२९ बजे

काठमाडौं- नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचन लक्षीत तेश्रो परिपत्र जारी गरेको छ ।

परिपत्रमा उसले निर्वाचनमा उम्मेदवार चयन गर्दा अपनाउनुपर्ने मापदण्ड स्पष्ट रुपमा उल्लेख गर्नुका साथै गठबन्धन दलहरुबीचमात्रै निर्वाचनमा तालमेल गर्न पाईने निर्देशन दिएकाे छ ।

बिहीबार सम्पन्न सत्तारुढ गठबन्धन दलको बैठकपछि पार्टी अध्यक्ष प्रचण्डको हस्ताक्षरसहित माओवादीले शुक्रबार जारी गरेको परिपत्रमा विशेष परिस्थितिबाहेक पहिले विजयी उमेदवारलाई नदाहोर्याउन निर्देशन दिएको छ  ।

त्यसैगरी उम्मेदवार देश जनता, पार्टी र क्रान्तिप्रति इमान्दार र निष्ठावान हुनुपर्ने, स्वच्छ छवि भएको हुनुपर्ने मापदण्ड तोकेको छ । त्यसैगरी विजयको सम्भावना भएको लोकप्रीय व्यक्ति छनौट गर्नुपर्ने पनि उल्लेख गरेको छ ।

गठबन्धन दल बाहेक अन्य दलसँग तालमेल गर्नुपर्ने अवस्था आएमा गठबन्धनमा अनुमति लिएर गर्न सक्ने बाटो खुला गरिएको परिपत्रमा उल्लेख छ । त्यसैगरि स्थानिय वडा तहदेखि नै गठबन्धनको संयुक्त संयन्त्र निर्माण गर्ने र गठबन्धन र अन्य दलको वर्तमान अवस्था कस्तो छ ५ दिनभित्र स्पष्ट तथ्यांक पठाउन पनि निर्देशन दिएको छ ।

परिपत्रमा भनिएको छ – ‘संयन्त्रको बैठक आयोजना गरी ५ दिनभित्र गठबन्धन र अन्य दलको निर्वाचन सम्वन्धी वर्तमान अवस्था कस्तो छ, तथ्यगत वस्तुस्थितिको जानकारी सहितको रिपोर्ट केन्द्रीय संयन्त्रमा पठाउने ।’ संयन्त्रमा एक दलबाट एक जनाको दरले प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।

यस्तो छ उम्मेदवार छनौटको मापदण्ड

१. विशेष परिस्थितिबाहेक सामान्यतया विगतका जनप्रतिनिधिलाई नदाहोर्याउने

२. देश जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको

३. स्वच्छ छवि भएको

४. विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनौटमा ध्यान दिने

५. पार्टी अनुशासनप्रति निष्ठावान हुनुपर्ने

६. समानुपातिक समावेशी प्रतिनिधित्वको आधारलाई विशेष ध्यान दिने

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily