+
Search

ताजा अपडेट +

पपुलर +

संघ र प्रदेशमा माओवादीको नेतृत्व नहुँदा समस्या भयो : प्रचण्ड

4KNationalDaily
२०७८ चैत्र १९, शनिबार १७:३५ बजे

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले जितेका स्थानीय तहमा राम्रो काम भएको दाबी गरेका छन् ।

छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकामा राम्रो काम भएको दाबी गर्दै उनले त्यहाँको उदाहरण दिएर माओवादीले जितेका स्थानीय तहमा राम्रो काम भएको बताएका हुन् ।

‘राम्रो गरेका देशभरका ५ वटा पालिकाहरूमध्ये ३ वटा माओवादी केन्द्रले जितेका छन्,’ उनले भने, ‘महानगरपालिकाहरूमा भरतपुर महानगरपालिका सुशासन, विकास तथा समृद्धिका दृष्टिकोणबाट नमूना भएको छ ।’

संघ र प्रदेशमा माओवादी केन्द्रको नेतृत्व नहुँदा देशले समस्या भोगिरहेको उनले दाबी गरे । उनले भने, ‘प्रदेश र संघमा माओवादीको नेतृत्व नहुँदा एउटा अन्तर विरोध, एउटा कन्ट्रोभर्सी जहिले पनि भएको छ ।’

मुलुकका पछिल्ला परिवर्तनहरू माओवादीकै कारणले भएको दाबी गर्दै उनले परिवर्तनपछि माओवादीको नेतृत्व नहुँदा समस्या भएको पनि उनले बताए ।

‘माओवादी केन्द्रले परिवर्तन ल्याउने, परिवर्तनपछि परिवर्तन रोक्नेहरूका हातमा नेतृत्व जाने अवस्थाले समस्या निम्तिरहेको छ,’ उनले भने,‘ त्यसै कारण अस्थिरता कायमै छ । परिवर्तनमाथि खतरा कायम छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily