+
Search

ताजा अपडेट +

पपुलर +

एमाले एक्लै लड्छ, ७० प्रतिशत पालिकामा जित्छ: विष्णु पौडेल

4KNationalDaily
२०७८ चैत्र २०, आईतवार १९:५२ बजे

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने बताएका छन्।

उपाध्यक्ष पौडेलले स्थानीय तह निर्वाचनमा एमालेलाई कसैसँग तालमेल वा गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको बताए।

उनले एमाले एक्लै निर्वाचन लड्ने र ७० प्रतिशत पालिकाहरुमा जित्ने दाबी गरे। ७० प्रतिशत जित्न नसकेको अवस्थामा ६० प्रतिशतभन्दा तल भने नझर्ने उनको दाबी छ।

आइतवार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले एमालेसँग गठबन्धन होला र ठाउँ पाउँला भनेर सपना नदेख्न नेकपा (माओवादी केन्द्र)लाई चेतावनी समेत दिए।

उनले माओवादी केन्द्रसँग तालमेलका लागि कुनैपनि प्रकारको संवाद नभएको स्पष्ट पारे। माओवादी केन्द्र र एमालेको बिचमा तालमेल गर्न एमाले अध्यक्ष केपी ओलीले आत्माआलोचना गर्नुपर्ने माओवादी केन्द्रका एक नेताको भनाइप्रति टिप्पणी गर्दै उनले सो कुरा हास्यास्पद भएको बताए।

कम्युनिस्ट सरकार ढालेर कांग्रेस नेतृत्वको दक्षिणपन्थी गठबन्धन बनाउने माओवादी केन्द्रलाई चाहिँ ग्लानी र पश्चाताप हुनुपर्ने उनको भनाइ छ। माओवादी केन्द्रसँग कुनैपनि प्रकारको वार्ता गर्नु आवश्यक नरहेको एमाले उपाध्यक्ष पौडेलले बताए।

सत्तारुढ गठबन्धनमा दरार सिर्जना हुँदा एकले अर्कोलाई एमालेसँग मिल्छु भनेर तर्साउने गरेको भन्दै एमाले कसैको भर्‍याङ नबन्ने पौडेललको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily