+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचन आचार संहिता कार्यान्वयन गर्न राजनीतिक दललाई निर्वाचन आयोगकाे ६० बुँदे निर्देशन

4KNationalDaily
२०७८ चैत्र २२, मंगलवार १९:३१ बजे

काठमाडौं- निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा आचार संहिता कार्यान्वनय गर्नका लागि ६० बुँदे निर्देशन दिएको छ ।

आयोगले मंगलबार राजनीतिक दलसँग गरेको छलफल कार्यक्रमपछि राजनीतिक दललाई स्थानीय तहको निर्वाचन, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि ६० बुँदे निर्देशन दिएको हो ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७८ एवम् निर्वाचन सम्बन्धी प्रचलित कानूनमा भएको व्यवस्था कार्यान्वयन र परिपालना गर्न आयोगमा दर्ता भएका राजनीतिक दलबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम यस्तो निर्देशन दिइएको आयोगले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि दर्ता भएका राजनीतिक दलले पनि आचार संहिता कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्माले जानकारी दिए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily