+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री पद जोगाउन देउवाले प्रचण्डलाई कांग्रेसको सभापति बनाउँछन् : गोविन्दराज जोशी

4KNationalDaily
२०७८ चैत्र २२, मंगलवार १९:५४ बजे

काठमाडौं- पाँच वर्ष सम्म नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरि कारवाही भोगिरहेका पूर्वमन्त्री गोविन्दराज जोशीले प्रधानमन्त्री पद जोगाउन शेरबहादुर देउवाले प्रचण्डलाई कांग्रेसको सभापति पनि बनाउँन तयार रहेको दाबी गरेका छन् ।

उनले भने– ‘यदि ‘प्रचण्ड’लाई कांग्रेसको सभापति नबनाउँदा खेरि उहाँ शेरबहादुर देउवाको प्रधानमन्त्री पद जान्छ भन्ने लाग्यो भने, त्यति बेला प्रचण्ड कांग्रेसको सभापति हुन्छन् ।

प्रचण्ड, देउवा र माधब नेपालले एक अर्कालाई सहयोग गर्ने, चुनावमा सिट बाडेर लड्ने भएपछि तिन वटा पार्टी राख्नुको साट्टो एउटै पार्टी बनाएर पार्टी सभापतिको समस्य भए तिन जनै सभापति बन्न भन्दै ब्यङ्ग समेत गरे ।

देउवा, प्रचण्ड र माधब नेपालको विचारमा के चाही फरक छ ? भन्ने प्रश्न गर्दै उनले भने– ‘हो एउटा फरक छ, प्रचण्डजी अल्ली मोटो हुनुहुन्छ, देउवाजी अल्ली अग्लो हुनुहुन्छ, माधबजी अल्ली होचो हुनुहुन्छ, यति फरक छ अरु छैन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily