+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्री मनाङेले मन्त्रालयमै कर्मचारीलाई कुटे, भन्छन्- सम्झाएको मात्रै हुँ, मैले कुट्यो भने मर्छ

4KNationalDaily
२०७८ चैत्र २३, बुधबार १६:५८ बजे

पाेखरा- गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङले एक कर्मचारीमाथि हातपात गरेका छन्।

उनले मन्त्रालयकै सूचना अधिकृतको रुपमा कार्यरत प्रकाश ओझामाथि मन्त्रालयमै हातपात गरेका हुन्।  शाखा अधिकृत ओझामाथि मंगलबार हातपात गरिएको हाे।

मन्त्रालय स्रोतका अुनसार उनले मंगलबार साँझ करिव चार बजेको समयमा मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत ओझालाई आफ्नै कार्यकक्षमा कुटपिट गरेका हुन्।

‘उहाँ फाइल लिएर मन्त्रीकोमा जानुभएको थियो। त्यहीक्रममा उहाँमाथि कुटपिट भएको सत्य हो। तर, त्यसपछि केके भयो भन्ने हामीले पनि जानकारी पाएका छौनौं’ ती कर्मचारीले भने।

उता कुटाइ खाएका भनिएका अधिकृत ओझाको मोबाइल बन्द छ। मन्त्रालयको कामबारे ब्रिफिङ गर्ने क्रममा मन्त्रीले कर्मचारीमाथि हातपात गरेको स्रोतले जनाएको छ।

मन्त्री मनाङेले भने आफूले हातपात नगरेको दाबी गरेका छन्। ‘कर्मचारी त चोरै हो, अलिकति गाली गरे पनि हातपात भनिहाल्छ। तर चोरहरूले ठगेर खान पाएको छैन,’ उनले भने, ‘आरोप लगाउने त हो नि। त्यस्तो चोर, ठग बाहुनलाई कसले कुट्छ ? किन पिट्न पर्यो, त्यसलाई त पछि कारबाही गर्ने हो। मैले कुट्यो भने त त्यो मर्छ। त्यस्ता चोरहरूलाई कुट्ने मेरो बानी छैन।’

आफूले कर्मचारी नकुट्ने र कुट्ने काम पुलिसको रहेको उनले जिकिर गरेका छन्। युवा स्वरोजगार कार्यक्रम बेच्ने, आफ्नो मान्छेलाई नियुक्ति गरेको थाहा पाएपछि सम्झाएको मन्त्री मनाङेले बताएका छन्। ‘यस्तो काम नगर है भाई, मलाई बाहिरबाट कुरा आएको छ। तैँले काम बिगारी राछस् रे, धेरै मान्छेको कुरा आइराछ भनेको, अनि गेम सुरू भयो,’ उनले भने।

उनले आफू एक्लो भए पनि ३०/४० जना कर्मचारीहरूले गलत आरोप लगाएको जिकिर गरे। कर्मचारीहरूले गलत काम गरेकाले आफूले सम्झाएको उनले दोहोर्याएका छन्।

‘म त आफैँ छक्क परिरहेको छु, यस्तो चोरहरू कहाँबाट लोकसेवा पास भयो भनेर। यस्ताे काम नगर भनेर सम्झाएको हुँ। मैले बाहिरको कुरा सुनेर गाली गरेको हो,’ उनले भने।

उनले अघि सुनाए, ‘मैले उसलाई के भनेको थिएँ भने हेर भाई, लोकसेवा पास गरेर आको छस्। लोकसेवामा चोर्न सिकाएको हुन्न। त्यही भएर यस्तो काम नगर।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily