+
Search

ताजा अपडेट +

पपुलर +

देउवा र प्रचण्डलाई झस्काउने भरतपुर कांग्रेसको त्याे निर्णय, अब के होला ?

4KNationalDaily
२०७८ चैत्र २९, मंगलवार २०:१२ बजे

काठमाडौं– स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा एमालेविरुद्ध जित्ने उद्घोष गरेका सत्ता गठबन्धनलाई पार्टीभित्रैबाट अप्ठ्यारो दबाब देखिन थालेको छ ।

एमाले हराउन सत्ता गठबन्धन दलले चुनावी तालमेलको सैद्धान्तिक निर्णय र अपिल गरिरहँदा भूगोलको अवस्था पनि निक्कै फरक देखिन थालेको छ ।

सोमबार ठाउँ र अवस्था हेरी चुनावी तालमेल गरिने भन्दै सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस, माओवादी, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले हस्ताक्षरसहित विज्ञप्ति नै जारी गरेर अपिल गरेका थिए ।

तर यसपटकट सबैको आँखा परेको भरतपुरबाट केन्द्रको यो निर्णयलाई झस्काउने गरी निर्णय आएको छ ।

चितवनस्थित भरतपुर कांग्रेस नगर समितिका २९ जना सभापतिले नै मेयरमा कांग्रेसले टिकट नपाए विद्रोह गर्ने निर्णय गरेका हुन् । बैठक बसेर उनीहरूले कांग्रेसबाहेकका दलबाट मेयरमा उम्मेदवार बनाइए सबै वडा र सदस्यमा उम्मेदवार उठाउने र गठबन्धनलाई बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसले मेयरमा माओवादीकी रेनु दाहालललाई समर्थन गरेर जिताएको थियो । लगातार माओवादी उम्मेदवारलाई भोट नहाल्ने भन्दै कांग्रेसले टिकट नपाए व्रिदोह गर्ने चेतावनी दिएका हुन् । जिल्लाका कांग्रेस नेताले काठमाडाैंमा नेताकाे दैलाे चहार्दै यसपटक कांग्रेसले नै मेयरमा लड्नुपर्ने दबाब दिइरहेका छन् ।

तर पाँच वर्ष राम्रो काम गरेर प्रभाव जमाएको, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि यहीबाट चुनाव लड्ने भएकोले भरतपुरलाई माओवादीले प्रतिष्ठाको ठाउँ मानेको छ । यो महानगरपालिका कुनै हालतमा नछोड्ने माओवादी नीति छ ।

६ महानगरपालिकामा भरतपुर भागबण्डामा पनि माओवादीले पाउनेमा प्रधानमन्त्री एवं कांग्रेस सभापतिले वचन दिइसकेको बुझिएको छ । यस्तोमा भरतपुरले सत्ता गठबन्धनलाई नै अप्ठ्यारोमा पार्ने देखिएको छ । माओवादीलाई मेयर दिने तयारी भइरहँदा सोमबार मेयरका लागि भरतपुरमा कांग्रेसबाट २५ जना र उपमेयरमा २४ जनाले पार्टीमा निवेदन दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily