+
Search

ताजा अपडेट +

पपुलर +

गगन थापा भन्छन्: निर्णय गर्ने अधिकार तल्लो कमिटीलाई– तालमेल गर्न पनि पाउने, नगर्न पनि

4KNationalDaily
२०७९ बैशाख ३, शनिबार १०:५७ बजे

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी तालमेल गर्ने/नगर्ने अधिकार स्थानीय कमिटीलाई भएको बताएका छन् ।

बुढानीलकण्ठमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीको तल्लो कमिटी स्वतन्त्र रहेको बताएका हुन् ।

पर्सामा तालमेल नगर्ने र गुल्मीमा तालमेल गर्ने निर्णय भएको उदाहरण दिंदै उनले भने, ‘पार्टीको निर्णयबारे कोही अलमलिनु पर्दैन । स्थानीय तहको साथीहरूले तालमेल गर्ने निर्णय गर्न पनि पाउनु हुन्छ नगर्ने निर्णय गर्न पनि पाउनुहुन्छ । कसैले लाद्न पाउँदैन ।’

गठबन्धनको केन्द्रीय संयन्त्रले स्थानीय तहमा आफ्नो अवस्था र आवश्यकता अनुसार तालमेल गर्न सक्ने निर्णय गरेको भन्दै उनले यसको अधिकार तल्लो कमिटीलाई भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily