+
Search

ताजा अपडेट +

पपुलर +

राप्रपालाई कमल थापाको सुझाव: असम्भव एजेन्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन

4KNationalDaily
२०७९ बैशाख ३, शनिबार १५:५८ बजे

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पूर्वपार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूलाई सुझाव दिँदै अबदेखि राजा फर्किने सम्भावना सकिएको दाबी गरेका छन्।

शनिबार ‘नयाँ वर्षको अवसरमा मेरो पुरानो पार्टी र साथीहरूलाई हार्दिक मंगलमय शुभकामना’ शीर्षकमा उनले सामाजिक सञ्जालमा राजतन्त्रविरुद्ध पुनः तीतो पोखेका हुन्।

‘राष्ट्रिय प्रजातन्त्र पार्टी र सो पार्टीका नेताहरूसँग मेरो गुनासो, वैमनस्यता छैन। तपाईंहरूको धैर्यता रहुन्जेले राजा बोक्नोस्, मेरो शुभकामना छ’, उनले भनेका छन्, ‘विभिन्न कारणवश मैले राजाको एजेन्डा छोडेँ। तीतो लाग्ला, अब राजा फर्कने सम्भावना सकियो।’

पार्टी असफल भएर राजा आउने नभई राजा फर्कने अरु नै कारण रहेको तर राजाले नै त्यो बाटो बन्द गरिदिएको आरोप उनले लगाएका छन्। त्यसैले अब राजतन्त्र फर्काउने असम्भव एजेन्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्न नहुने सुझाव उनले राप्रपालाई दिएका छन्।

‘असम्भव एजेन्डा बोकेर हिन्दुराष्ट्रलाई बन्धक बनाउन हुँदैन। २/३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन’, थापाले भनेका छन्, ‘मलाई थाहा छ, अन्ततः तपाईंहरू मेरै बाटोमा आउनुपर्छ। अहिले गालीगलौज र आरोपहरू खेपेर भए पनि तपाईंहरूका लागि म बलियो घर बनाएर राखिदिनेछु। पहिले पनि मैले बनाएकै घरमा तपाईंहरू आएको हो।’

https://www.facebook.com/KamalThapaOfficial/posts/519104642913777

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily