+
Search

ताजा अपडेट +

पपुलर +

पूजा र आकाशको ‘सम्झना बिर्सना’को ट्रेलर सार्वजनिक

4KNationalDaily
२०७९ बैशाख ६, मंगलवार ११:३३ बजे

काठमाडौं– अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘सम्झना बिर्सना’को ट्रेलर सार्वजनिक भएको छ।

कमेडी र प्रेमलाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा आधारित फिल्मको ट्रेलर सोमबार सार्वजनिक भएको हो। फिल्ममा आकाश र पुजासँगै छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर रानालगायतका कलाकारको अभिनय छ।

फिल्मलाई निर्देशक निमेश प्रधानले गरेका छन्। फिल्मको कथा र पटकथा पनि निर्देशक प्रधानकै रहेको छ।

औदित्य प्रधान र रेबेका प्रधानको लगानीमा बनेको फिल्मलाई तारा थापाले सम्पादन गरेका छन् भने शिव ढकालले खिचेका छन्। औदित्य फिल्म्सको ब्यानरमा बनेको फिल्म आगामी जेठ ६ गतेबाट प्रदर्शनमा आउँदै छ।

हेर्नुहोस् ट्रेलर

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily