+
Search

ताजा अपडेट +

पपुलर +

अर्थमन्त्रीलाई कांग्रेस महामन्त्री शर्माको अप्रत्यक्ष आग्रह: राजीनामा दिनुहोस्

4KNationalDaily
२०७९ बैशाख ७, बुधबार १०:०७ बजे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घुमाउरो भाषामा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने आशय व्यक्त गरेका छन् ।

पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता महेश आचार्यको प्रसंग स्मरण गर्दै नेता शर्माले यस्तो आशय व्यक्त गरेका हुन् ।

उनले बुधबार बिहान आचार्यको तस्विर पोस्ट् गर्दै ट्विटरमा लेखेका छन्, ‘बेलाबेला यस्तो तस्बिरर पोस्ट् गर्न पाइयोस् र भन्न सकियोस्– नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति ।’

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका आचार्यले गभर्नर बर्खास्त गर्ने आफ्नो निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि नैतिकताका आधारमा राजीनामा दिएका थिए ।

गभर्नर महाप्रसाद अधिकारीको निलम्बन सर्वोच्चले बदर गरिदिएपछि अर्थमन्त्री जनार्दन शर्मामाथि पनि राजीनामा दिनुपर्ने चौतर्फी दबाब छ । यहीबीच प्रमुख सत्तासाझेदार दलका महामन्त्रीले नै जनार्दनले राजीनामा दिनुपर्ने आशय व्यक्त गरेका हुन् ।

अर्थमन्त्रीको कार्यशैलीलाई लिएर आलोचना भइरहे पनि नेपाली कांग्रेसले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily