+
Search

ताजा अपडेट +

पपुलर +

गृहमन्त्रीको चेतावनी- गठबन्धनको निर्णय नमान्नेको नोटिस गरिएको छ, सांसदसम्म उठ्न पाउँदैनन्

4KNationalDaily
२०७९ बैशाख ७, बुधबार १८:४२ बजे

रुपन्देही- नेपाली कांग्रेस नेताहरूबाटै गठबन्धन विरोधी आवाज आइरहेको बेला कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनविरुद्ध लाग्नेहरूलाई पार्टीले कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

रुपन्देहीको तिलोत्तमा मणिग्रामस्थित आफ्नै घरमा बुधवार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री खाँणले उक्त चेतावनी दिएका हुन् ।

पार्टीको केन्द्रीय कमिटी र गठबन्धनले गरेको निर्णयविरुद्धमा लाग्ने जो कोहीलाई पनि आगामी निर्वाचनमा उम्मेदवार नबनाइने र पार्टीभित्र पनि स्थान नदिइने खाणको भनाइ छ ।

वर्तमान सरकार गठबन्धनको जगमै बनेकोले कांग्रेस गठबन्धनको निर्णयबाट भाग्न नमिल्ने खाणले बताए ।

‘गठबन्धनलाई दीर्घकालीन ढंगले लैजाने कांग्रेसको केन्द्रीय कमिटीको निर्णय हो त्यस विपरीत जान सकिँदैन, निर्णय विपरीत जाने नेता तथा कार्यकर्ताहरूलाई स्थानीय तहमा मात्रै होइन प्रदेश र प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नपाउने गरी गतिविधि नोटिस गरिएको छ’, उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily