+
Search

ताजा अपडेट +

पपुलर +

रियलको जर्सीमा बेन्जेमाको ६ सयौं खेल, च्याम्पियन्स लिगमा १४औं गोल

4KNationalDaily
२०७९ बैशाख १४, बुधबार ०९:२५ बजे

काठमाडौं– फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले स्पेनिस क्लब रियल मड्रिडको जर्सीमा ६ सयौं खेलको आँकडा पूरा गरेका छन्।

च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार राति सम्पन्न सेमिफाइनलको पहिलो लेगमा बेन्जेमाले करिअरको ६ सयौं खेल पूरा गरेका हुन्। तर, उनको ६ सयौं खेल भने सम्झनलायक बनेन।

इतिहाद स्टेडियममा भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस रियललाई ४–३ गोलअन्तरले हराएको थियो। सिटीको जितमा केभिन डी ब्रुयना, ग्राबियल जेसस, फिल फोडेन र ब्रनान्डो सिल्भाले एक–एक गोल गरे।

यता, रियलका लागि करिम बेन्जिमाले दुई गोल गरे। त्यस्तै, भिनिसियस जुनियरले एक गोल गरे। बेन्जिमाले रियलका अर्का लेजेन्ड पाको जेन्टोको ६ सय खेलको कीर्तिमानलाई बराबरी गरेका छन्।

सिटीविरुद्धको दुई गोलसँग बेन्जेमा यो सिजनको च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। उनले यो सिजन १४ गोल गरेका छन्। तिमध्ये उनले नकआउटको ३ खेलमै ९ गोल गरिसकेका छन्।

यता, जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की उनलाई पछ्याइरहेका छन्। लेवान्डोस्कीले १३ गोल रहेको छ। यद्यपि, बार्यन प्रतियोगिताबाट बाहिरिसकेको छ।

उसलाई स्पेनिस क्लब भिल्ला रियलले क्वार्टफाइनलमै रोकेको थियो। पहिलो लेगमा भिल्ला रियलले बायर्नलाई १–० ले हराएको थियो । यस्तै, दोस्रो लेग भने १–१ को बराबरीमा सकिएको थियो।

त्यसकारण बेन्जेमाले अझैपनि आफ्नो गोलसंख्या बढाउन सक्छन्। फलस्वरुप बेन्जेमाले आफ्नो करिअरमा पहिलोपटक च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको ताज पाउन सक्नेछन्।

बेन्जेमाले आगमी जुनमा प्रदान गरिने बालोन डिओर जित्ने सम्भावना छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily