+
Search

ताजा अपडेट +

पपुलर +

वृद्धभत्ता हामीले सुरु गरेका हौँ, ओलीले त गफ मात्रै गरे : माधव नेपाल

4KNationalDaily
२०७९ बैशाख १५, बिहीबार १७:५३ बजे

काठमाडौँ- सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गफाडीको संज्ञा दिएका छन्।

एकीकृत नेपाल कम्युनिस्ट पार्टीसँग बिहीबार आयोजित एकता कार्यक्रमलाई शान्तिनगरमा सम्बोधनका क्रममा उनले ओलीले ३ वर्षे शासनकालमा भ्रष्टाचार मात्रै गरेको आरोप लगाए।

उनले नेकपा एमालेको सरकारको पालामा सुरु भएको सामाजिक सुरक्षा भत्ता अभियानको जस पनि आफैंले लिए।

‘वृद्धवृद्धा, एकल महिला र अपाङ्गता भएकालाई भत्ता दि हामीले सुरु गरेका हौँ’, उनले भने, ‘वृद्धभत्तासहितका सामाजिक काममा एमाले ओली गुटको कुनै भूमिका थिएन। त्यो सबै काम हामीले नै गरेका हौँ।’

अध्यक्ष ओली गफमा अगाडि भएको बताउँदै आफूहरु काम अगाडि रहेको पनि उनले जिकिर गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily