+
Search

ताजा अपडेट +

पपुलर +

आईपीएलः कोलकाताको लगातार पाँचौं हार

4KNationalDaily
२०७९ बैशाख १६, शुक्रबार ०९:४२ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत बिहीबार भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्समाथि ४ विकेटको जित हात पारेको छ।

बिहीबारको खेलमा पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४६ रन बनाएको थियो।

कोलकाताका लागि नितिश रानाले ५७ तथा श्रेयस ऐय्यरले ४२ रन बनाएका थिए। दिल्लीका कुलदीप यादवले ४ तथा मुस्ताफिजुर रहमानले ३ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १९ ओभर खेल्दै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। दिल्लीका लागि डेभिड वार्नरले ४२ रन बनाए भने रोभमन पावेलले अविजित ३३ रनको पाली खेले।

कोलकाताको लागि यो लगातार पाँचौं हार हो। कोलकाताले ९ खेलबाट ६ अंक जोडेको छ। दिल्लीले ८ खेलबाट ८ अंक हात पारेका छ।

यसपटकको नयाँ टोली गुजरात टाइटन्स लिगको शीर्षस्थानमा छ भने लिगको पुछारमा रहेको मुम्बईले खेलेको सबै ८ खेलमा हारको सामना गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily