+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह नियुक्त

4KNationalDaily
२०७९ बैशाख १८, आईतवार १४:०२ बजे

काठमाडौं- नेपाल प्रहरीको २९औं प्रहरी महानिरीक्षक (आईजी) मा धीरजप्रताप सिंहको बढुवा भएको छ।

सरकारले उनीभन्दा झण्डै डेढ वर्ष ज्येष्ठतालाई उछिनेर सिंहलाई आईजीमा बढुवा गरेको हो।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपी बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

सिंहभन्दा डेढ वर्षअघि बढुवा भएका एआईजी विश्वराज पोखरेल र झण्डै एक वर्षअघि बढुवा भएका सहकुलबहादुर थापालाई पन्छाएर सरकारले सिंहलाई आईजी बनाएको हो।

को हुन् सिंह ?

दैलेखको विजौरामा २०२४ सालमा जन्मिएका सिंहले कानूनमा स्नातक र मानविकीमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् ।

उनी हालका आईजीपी शैलेश थापासहितको टोलीसँगै निरीक्षकका लागि प्रतिष्पर्धा गरेका थिए । तर वैकल्पिक सूचीमा परे र २०४९ चैतमा नियुक्ति लिए ।

३० वर्षे सेवा अवधि कायमै रहे उनले अब एक वर्ष प्रहरी संगठन चलाउनेछन् । सिंहले प्रहरी नायब महानिरीक्षक (डीआईजी) छँदा मधेश प्रदेश र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरेका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छँदा उनले तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखा (हालको उपत्यका अपराध अनुसन्धान कार्यालय)को नेतृत्व गरेका थिए । एसपी छँदा उनले पर्सा र दाङको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily