पोखरा– नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा शान्ति, स्थिरता र समृद्धि हासिल गर्नका लागि गण्डकी प्रदेशको संकल्प पत्र सार्वजनिक गरेको छ।
समितिको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच केन्द्रीय सदस्य एवम् मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायतले सामूहिक रूपमा संकल्प पत्र सार्वजनिक गरेका हुन्।
कांग्रेसले संकल्पमा पाँच वर्षका लागि विभिन्न ३० वटा प्रतिबद्धता व्यक्त गरेको छ भने १० वर्षका लागि १० प्रतिबद्धता व्यक्त गरेको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग, मानव संशाधन, रोजगारीलगायत क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको कांग्रेसले पाँच वर्षे प्रतिबद्धताव्यक्त गरेको हो।
प्रत्येक वर्ष ५० हजार नयाँ रोजगाररस्वरोजगार सिर्जना गरिने उल्लेख गर्दै प्रतिव्यक्ति आय एक हजार १९२ डलरबाट तीन हजार डलर पुर्याउने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ। प्रदेशको अन्तराष्ट्रिय व्यापार दोब्बर बनाउने उल्लेख गर्दै कांग्रेसले निजी क्षेत्रमैत्री नीति तर्जुमा गरी निजी लगानी तथा सार्वजनिक निजी लगानी प्रवद्र्धनलगायत विषयलाई संकल्पमा समेटेको छ।
प्रदेशमा सुशासन प्रत्याभूत गराई भ्रष्टाचारलाई पूर्ण नियन्त्रणलगायत विषय पाँच वर्षे प्रतिबद्धतामा छन्। कांग्रेसले १० वर्ष १० प्रतिबद्धतामा आर्थिक र मानव विकास सूचकांकमा पहिलो प्रदेश बनाउने उल्लेख गरेको छ।
बेरोजगारी दुई प्रतिशतमा झार्ने, निरपेक्ष गरिबी ११।५ बाट शून्य प्रतिशतमा झारिने कांग्रेसले जनाएको छ। लुम्बिनी, मुक्तिनाथ हुँदै कैलास पर्वत जोड्ने छोटो दूरीको सुविधायुक्त सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको समृद्धिका लागि अघि सारिएको संकल्प महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे।
नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले संकल्पमा उल्लेखित विषयलाई कार्यान्वयनमा लैजाने विषयमा पार्टी नेतृत्व लाग्ने विश्वास व्यक्त गरे। उ
प्रतिक्रिया