+
Search

ताजा अपडेट +

पपुलर +

केपी ओली नायक भनेको खलनायक रहेछन् : प्रचण्ड

4KNationalDaily
२०७९ बैशाख २३, शुक्रबार २२:११ बजे

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नायक ठानेको भए पनि उनी खलनायक निस्किएको टिप्पणी गरेका छन्।

ओलीलाई नायक बनाउन वामपन्थी एकता हुँदै पार्टी एकता गरेको भए पनि उनी खलनायक भएर निस्केकाले आफूहरुले त्यहाँभित्र विद्रोह गरेको प्रचण्डको भनाइ थियो।

‘गणतन्त्र, संघीयता र स्थानीय तहलाई दिएको अधिकार ओलीलाई बढी लाग्ने भयो ’ उनले भने, ‘संविधान भत्काउनेदेखि विघटनसम्म गर्ने काम गरेर खलनायक बने।’

नेकपामा आफूहरु सफल भएको उनको भनाइ थियो। ७० प्रतिशत केन्द्रिय सदस्य लिएर ओलीलाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेको भए पनि संवैधानिक निकायले सही रुपमा काम नगर्न फरक परिस्थितिको सामना गर्नु परेको उनको भनाइ थियो।

पहिलो पटक नेपाली कांग्रेससँग तालमेल गर्दाको अनुभव तितो भएकोले पछि वाम एकता गरेको प्रचण्डको भनाइ थियो। उनले वामपन्थीहरु मिल्दा सजिलो र विकासले गति लेला भनेर आफूले शेरबहादुर देउवासँग सल्लाह गरेर एमालेसँग एकता गर्ने कुरा गरेको बताए।

उनले एकथरी मान्छेलाई प्रचण्डलाई मात्र आरोप लगाउँने गरेको भन्दै त्यसमा आफ्नो मात्र गल्ती नभएको जिकिर गरे।

देशको विकासका लागि देखेको सपना ३ वर्ष नपुग्दै चकनाचुर भएको भन्दै उनले ओलीलाई नायक बनाएको तर भित्र नराम्रो संर्घष गर्नु परेको बताए।

‘एकता भएको २ हप्तापछि धोका, विश्वासघात र षडयन्त्रवाहेक केही पाएनौं ’ प्रचण्डले मञ्चमा बसेका माधव नेपाललाई देखाउँदै भने ‘नायक भनेको खलनायकको फेला परियो ,कार्यकर्ता र जनतलाई कसरी सम्झाउने होला भनेर समस्यामा परेका थियौं।’

ओली सच्चिन्छन् कि भनेर आफूले पाँच वर्ष नै प्रधानमन्त्री चलाउँ भनेको तर उनले हेपेको प्रचण्डले बताए। आफू सोझो र त्यागी भएकाले समस्यामा परेको उनको भनाइ थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily