+
Search

ताजा अपडेट +

पपुलर +

‘हाम्रो साथीहरूलाई जिताउनुस्, फ्री भिसा र टिकटमा मलेशिया पठाइदिन्छु’

4KNationalDaily
२०७९ बैशाख २३, शुक्रबार २२:३४ बजे

धनगढी- नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाले धनगढीका स्थानीयलाई फ्री भिसा र फ्री टिकटमा मलेशिया पठाउने बताएकी छन्। शुक्रबार धनगढीमा एक वडास्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

‘सुदूरपश्चिम पछाडि परेको क्षेत्र हो, ’उनले भनिन्, ‘हामीले यहाँ विशेष ध्यान दिन्छौ। हाम्रा साथीहरूलाई जिताउनुस्। सबैलाई त हामी गर्न सक्दैनौ। तर, दुख पाएकाहरु एक-दुई जनालाई पढाउने प्रयास गर्छु। मलेशिया जान चाहने कोही भए मलाई कसैले कोटा दिन्छु भनेको छ। फ्री भिसा र टिकटको व्यवस्था हुन्छ। ५-६ जनालाई पठाउँछौँ। सबैलाई हामी लग्न सक्दैनौं।’

यसरी नै रोजगारीको अवसर दिने उनले बताइन्।

यस्तै उनले आफू प्रतिनिधि सभा सदस्यको निर्वाचनमा हारेपनि केही फरक नपरेको बताइन्। एमाले सांसदले जितेर पनि यहाँ केही गर्न नसकेको उनको दाबी छ। कांग्रेसले नै धनगढीमा बाटोघाटो, पुल पुलेसा र अस्पताल बनाएको उनको भनाइ छ।

यसअघि डडेल्धुरा पुगेर उनले कांग्रेसका मेयर तथा जनप्रतिनिधि नभएको ठाउँमा बजेट नै नपठाउने बताएकी थिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily