+
Search

ताजा अपडेट +

पपुलर +

भरतपुर पुगेर ओलीले भने – मेरी छोरी नजिताए दुर्घटना हुन्छ भन्दा कांग्रेस कार्यकर्तालाई पीर बिसाउने ठाउँ छैन

4KNationalDaily
२०७९ बैशाख २५, आईतवार १८:११ बजे

चितवन- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा छोरी नजिताए देश दुर्घटनामा पर्छ भनेर कांग्रेसका कार्यकर्तालाई धम्क्याएको टिप्पणी गरेका छन् ।

भरतपुरको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले देउवाले आफू प्रधानमन्त्री बन्नका लागि कांग्रेस सिद्ध्याउन लाग्दा पनि कार्यकर्ताले पीर बिसाउने ठाउँ नभएको बताए ।

ओलीले भने, ‘चितवनका कांग्रेस कार्यकर्ताप्रति मेरो सहानुभूति छ, उहाँहरूको कुनै दोष छैन । प्रकाश सपुतले गीतमा भनेजस्तै उहाँहरूले पीर बिसाउने ठाउँ पनि पाउनुभएन । मेरी छोरीलाई भोट दिएनौ भने देश दुर्घटना हुन्छ भनेर प्रचण्डले धम्क्याउँदा पनि उनीहरूले नेतृत्वबाट ढाडस पाएका छैनन् । तर ढुक्क हुनुस् प्रचण्डकी छोरी हार्दा देश दुर्घटना हुँदैन बरु एउटा घटना हुन्छ, त्यो के हो भने गठबन्धनले नराम्रोसँग हार्छ ।’

चितवनका कांग्रेस कार्यकर्ताहरू प्रचण्डका बाबु छोरी बोक्न विवश भएको भन्दै उनले भोलि प्रचण्डका भाइ,भतिजा र बुहारीहरू पनि बोक्नुपर्ने अवस्था आउन सक्ने ओलीले बताए ।

आफ्नी छोरीलाई जिताए २० वर्ष यही गठबन्धन राखेर कांग्रेस कार्यकर्तालाई हँसिया हतौडामा भोट हाल्न लगाउने घोषणा प्रचण्डले गरिसकेको ओलीको भनाइ थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily