+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाकी पूर्णिले गरिन् विश्वको तेस्रो अग्लो हिमालको सफल आरोहण

4KNationalDaily
२०७९ बैशाख २६, सोमबार ०९:३५ बजे

गोरखा- आरुघाट गाउापालिकाकी पूर्णिमा श्रेष्ठले विश्वको तेस्रो अग्लो कञ्चनजंगा हिमालको सफल आरोहण गरेकी छिन् । श्रेष्ठले शुक्रबार विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंगा (८,५८६ मिटर) को सफलतापूर्वक आरोहण गरेकी हुन् । उनी फोटो पत्रकार समेत हुन् ।

कारोबार आर्थिक दैनिकमा कार्यरत श्रेष्ठले यसअघि सर्वोच्च शिखर सगरमाथा (८,५८६ मिटर), विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरी (प्रथम), मनास्लु (८,१६३ मिटर), अन्नपूर्ण प्रथम (८०९१ मिटर) र अमदब्लम (६,८१२ मिटर) हिमालको आरोहण गरिसकेकी छिन् ।

आठहजारभन्दा माथिका सबै हिमाल आरोहण गरिसकेकी पूर्णिमाले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंगा २० घण्टाको कठिन यात्रापछि शिखर चुमेकी थिइन ।

अक्सिजन मास्कको समस्या, हेडलाइटले काम नगरेको जस्ता कठिनताको बाबजूद लगभग मृत्युको नजिक पूगेर पनि कीर्तिमान रच्न सफल भएको उनी बताउँछिन् ।

उनले आठहजारमिटर भन्दा अग्ला सबै हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily