+
Search

ताजा अपडेट +

पपुलर +

अजिरकाेटमा माओवादी कार्यकर्ता कुटिए

4KNationalDaily
२०७९ बैशाख २९, बिहीबार ०९:११ बजे

अजिरकाेट– स्थानीय तहकाे निर्वाचनकाे माैन अवधिका बेला गाेरखामा नेकपा (माओवादी केन्द्र)का कार्यकर्तामाथि कुटपिट भएकाे छ ।

अजिरकोट गाउँपालिका-१, घ्याच्चोकमा बुधबार राति माओवादीका कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङमाथि कुटपिट भएकाे हाे ।

उनीहरूको जौवारी स्वास्थ चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखा अस्पताल, गाेरखा लगिएको प्रहरीले जनाएको छ ।

कांग्रेसका वडाअध्यक्षका उम्मेदवार ओमबहादुर गुरूङ नेतृत्वको टोलीले उनीहरुमाथि आक्रमण गरेकाे दाबी माओवादीले गरेकाे छ ।

कांग्रेसका वडाअध्यक्षका उम्मेदवार गुरुङको नेतृत्वमा धनसिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक तिल बहादुर गुरुङ, दुम्सी भनिने टेक बहादुर गुरुङ, दिप घले, कालिका हाइड्रो पावर प्राली, चनाैटेमा कार्यरत डिलराज गुरुङ, भरत गुरुङ, कांग्रेस निकट महिला संघ नेत्री बुधकुमारी गुरुङ, देवलश्वारा आधारभूत विद्यालयका शिक्षिका रमा गुरुङ र दुम्सिको आमा भनिने कुमारी गुरुङ लगायतकाे टाेलीले साँझ ८ बजेतिर खाना खान लाइरहेको समयमा खुकुरी, ढुङ्गा, चिरपट हातियार प्रयोग गरि आक्रमण गरेकाे माओवादीले दावी गरेकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily