+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस उम्मेदवार पराजित, कांग्रेस बीपीका भण्डारी निर्वाचित

4KNationalDaily
२०७९ बैशाख ३१, शनिबार १९:०५ बजे

काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा कांग्रेस पराजित भएको छ ।

कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीको तर्फबाट उम्मेदवार बनेका उनले जित निकालेका हुन् ।

डडेलधुराका कांग्रेसका पूर्व सभापति कर्णबहादुुर मल्ल समूहले कांग्रेस वीपीबाट जिल्लाभर उम्मेदवार बनाएको छ । एमालेसँग तालमेल गरेको कांग्रेस बीपीले देउवाको गृह वडामा नरेश भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाएको थियो ।

देउवाको गृह पालिका गन्यापधुरा–१ मा पर्दछ । उक्त वडाबाट कांग्रेस बीपीबाट विजयी भण्डारीले ६७३ मत ल्याएका छन् ।

उनीसँग कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवा पराजित भए । चन्दले ५४४ मत ल्याएका थिए । कांग्रेस बीपीले करुवा चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily