गाेरखा- अजिरकोट गाऊँपालिका वडा नम्वर २ को वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर गुरुङ (अपुने माइला) विजयी भएका छन् ।
नेपाली कांग्रेसका उम्मेद्वार देवराज गुरुङलाई पराजित गर्दै कृष्णबहादुर वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।
शुक्रबार सम्पन्न भएकाे स्थानी तह निर्वाचनकाे मतगणना शनिबार विहान ९ बजेबाट सुरू भएकाे थियाे ।
महिला सदस्यमा विन्दा तामाङ, दलित महिला सदस्यमा हाईमाया नेपाली, सदस्यमा सोमरज तामाङ र सदस्यमा विवस तामाङ निर्वाचित भएका हुन् । कुल १३०२ मत खसेकाे थियाे । अजिरकाेटमा माओवादीले वडा न १ समेत जित हासिल गरिसकेकाे छ ।
उनले ६६८ मत पाएका छन् । उनी २०७४ काे स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भिमलाल तामाङसंग १४२ ले पराजित भएका थिए । २०७४ मा तामाङले ५३३ मत ल्याएका थिए ।
प्रतिक्रिया