+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा नगरपालिका : मेयरमा एमालेको अग्रता, पछ्याउँदै कांग्रेस

4KNationalDaily
२०७९ जेष्ठ १, आईतवार ०८:४७ बजे

गोरखा- गोरखा नगरपालिका वडा नम्बर १, २ र ३ को मतगणना सक्किसकेको छ । अहिले वडा नम्बर ४ को ८०० मत गणना भईसक्यो ।

नगरपालिकाका तीन वडा र वडा नम्बर ४ को अहिलेसम्मको मतपरिणाम हेर्दा मेयरमा एमालेले अग्रता लिएको छ ।

मेयरमा एमालेले १९४३ ल्याउँदा कांग्रेसले १९१४ मत ल्याएको छ भने माओवादीले १३९६ मत प्राप्त गरेको छ ।

उपमेयरमा भने कांग्रेसको अग्रता छ । कांग्रेसका उपमेयरले १९१४ मत ल्याउँदा एमालेको उपमेयरले १८१५ मत ल्याएका छन् भने जसपाका उपमेयरले ८९० मत ल्याएका छन् ।

गाेरखा नगरपालिकामा कांग्रेस र एकीकृत समाजवदीवीच तालमेल भएकाे थियाे भने माओवादी र जनता समाजवादी पार्टीकाे तालमेल थियाे । एमाले एक्लै मैदानमा हाेमिएकाे थियाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily