गाेरखा- गोरखामा अहिले सम्म ३५ वटा वडाको मत परिणाम आएको छ ।
नेकपा माओवादी केन्द्रले १६ वटा वडा जितेको छ । नेपाली कांग्रेसले १२ वटा वडामा बिजयी हाँसिल गरेको छ भने एमाले ६ र जनता समाजवादी पार्टी एउटा वडामा बिजयी भएको छ ।
माओवादी केन्द्रले गोरखा नगरपालिका ४, पालुङटार नगरपालिका २ र १०, अजिरकोट गाउँपालिका १,२ र ३, धार्चे १ र २, भिमसेन १, शहीदलखन २ र ४, गण्डकी गाउँपालिका १ र २ बारपाक सुलिकोट २ र ४ जितेको छ । चुमनुब्री ६ मा माओवादी केन्द्रबाट वडा अध्यक्ष सर्वसम्मत चयन भएका छन् ।
यस्तै कांग्रेस गोरखा नगरपालिका १ र २, भिमसेन थापा गाउँपालिका २ र ३, शहीदलखन गाउँपालिका ३, सिरानचोक गाउँपालिका १, बारपाक सुलिकोट गाउँपालिका १ र ३, अजिरकोट ४, आरुघाट गाउँपालिका १,२ र ३ मा बिजयी भएको छ ।
एमालेले आरुघाट गाउँपालिका ४ र ६ गोरखा नगरपालिका ३ र ५ शहीदलखन गाउँपालिका १ र धार्चे गाउँपािलका ३ मा वजय हािसल गरेको छ ।
जनता समाजवादी पार्टीले संघिय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईको गृहवडा पालुङटार नगरपालिका १ मा बिजयी हाँसिल गरेको छ ।
प्रतिक्रिया