गोरखा- अजिरकोट गाउँपालिका ४ मा नेपाली कांग्रेसका जंगबहादुर गुरुङ बिजयी भएका छन् ।
१०२२ मत सहित गुरुङ दोस्रो कार्यकालका लागि वडा अध्यक्ष निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार जयबहादुर गुरूङले पाँच सय २५ मत ल्याएका छन् ।
गाउँपालिकाकाे अध्यक्षमा माओवादीका उम्मेदवार दीपक देवकाेटाले २७२७ मतका साथ अग्रता लिएका छन् । उनलाई कांग्रेसका उम्मेदवार गाेविन्द्र गुरूङले २६२४ मतसाथ पछ्याईरहेका छन् ।
उपाध्यक्षमा भने कांग्रेसकी ईन्द्रा गुरूङले अग्रता लिएकी छिन् । उपाध्यक्षमा गुरूङले २६९२ मतका साथ अग्रता लिएकी हुन् । माओवादी केन्द्रकी उम्मेदवार अनिता भूजेलले २५७८ मतका साथ पछ्याईरहेकी छिन् ।
अजिरकाेट वडा न १, २ र ३ प्यानसहित माओवादीले जितेकाे हाे भने वडा न ४ कांग्रेसले । कुल १२ हजार ५९२ मतदाता रहेकाे अजिरकाेटमा करिब ६५ प्रतिशत मत खसेकाे थियाे ।
याे समाचार तयार गर्दासम्म वडा न ५ काे मतगणना भईरहेकाे छ । करिब दुईघण्टामा अजिरकाेटकाे रिजल्ट आउने सम्भावना छ । अजिरकाेटमा २०७४ काे निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष र वडा न २, ३ र ४ कांग्रेसले जितेकाे थियाे ।
प्रतिक्रिया