+
Search

ताजा अपडेट +

पपुलर +

आरुघाट गाउँपालिकाकाे अध्यक्षमा राजु गुरुङ निर्वाचित

4KNationalDaily
२०७९ जेष्ठ २, सोमबार ०८:४७ बजे

गोरखा- आरुघाट गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका गाउँपालिकाका उम्मेदवार राजु गुरुङ र उपाध्यक्षकी उम्मेदवार कल्पना नेपाली विजयी भएका हुन् ।

गुरुङ ५ हजार ५ सय ५६ मतका साथ र नेपाली ६ हजार ३सय ३१ मतका साथ विजयी भएका छन् ।

अध्यक्षमा विजयी गुरुङका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण नेपालीले ४ हजार ८ सय ३३ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा विजयी नेपालीको निकटतम प्रतिस्पर्धी एमालेकी सीता दाहालले ३ हजार ८ सय १६ मत प्राप्त गरेकि छिन् ।

गुरुङ यस अघि जिल्ला समन्वय समिति सदस्य थिए भने नेपाली दोस्रो कार्यकाल गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी हुन् ।

आरुघाटको १० वटा वडा मध्ये १,२,३, ७ र ८ कांग्रेस बिजय भएको छ भने एमालेले वडा नम्बर ४,५,६ र १० मा बिजयी हाँसिल गरेको छ । वडा नम्बर ९ माओवादी केन्द्रले जितेको छ ।

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily