+
Search

ताजा अपडेट +

पपुलर +

बारपाक-सुलिकाेटकाे अध्यक्षमा बिष्णु भट्ट निर्वाचित

4KNationalDaily
२०७९ जेष्ठ २, सोमबार ०९:०९ बजे

गाेरखा- बारपाक-सुलिकाेट गाउँपालिकाकाे अध्यक्षमा बिष्णुप्रसाद भट्ट निर्वाचित भएका छन् ।

शनिबारबाट सुरू भएकाे मतगणनामा उनले नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर घलेलाई दाेस्राेपटक पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार रहेका भट्टले ५ हजार ७१९ मतसाथ विजयी गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका घलेले ४ हजार ८६४ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकी सनमाया गुरूङ दाेस्राे पटक निर्वािचित भएकी छिन् । उनले कांग्रेसकी उम्मेदवार लेखमाया रानालाई हराउँदैं दाेस्राे कार्यकालका लागि उपाध्यक्षमा निर्वाचित भएकी हुन् । गुरूङले ५ हजार ७६५ मत प्राप्त गरिन् भने उनका प्रतिस्पर्धी  रानाले ४ हजार ५७५ मत प्राप्त गरेकी छिन् ।

बारपाकका ८ वडामा कुल २० हजार ४९२ मतदाता थिए । कुल मतदाताकाे ६५ प्रतिशत मत खसेकाे निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily