+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल आउँदा राजनीतिकभन्दा छुट्टै आध्यात्मिक अनुभूति हुन्छ : मोदी

4KNationalDaily
२०७९ जेष्ठ २, सोमबार १७:०३ बजे

काठमाडौं- लुम्बिनी भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल भ्रमणमा आउँदा राजनीतिक भन्दा पनि आध्यात्मिक अनुभूति हुने गरेको बताएका छन् । उनले नेपालबाट आफूले अध्यात्मिक आशिर्वाद पाउने गरेको बताए ।

सोमबार लुम्बिनीमा आयोजित २५६६औं बुद्धजयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै उनले नेपाल–भारत बीचको सम्बन्ध हिमालजस्तै अटल रहेको बताए ।

दुई देशबीच घनिष्ठ सम्बन्ध रहेको बताउँदै उनले भने, ‘जनकपुरमा मैले भनेको थिएँ, नेपालविना हाम्रा राम पनि अधुरै हुन्छन्, आज भारतमा बनिरहेको राम मन्दिरबाट नेपाल पनि उत्ति नै खुशी छ भन्ने मलाई विश्वास छ ।’

उनले भौगोलिक सीमाभन्दा माथि उठेर गौतम बुद्ध सबैका भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily