गाेरखा- गाेरखा नगरपालिकामा नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार कृष्णबहादुर रानाले निर्वतमान मेयर राजनराज पन्तसंगकाे मतान्तर बढाएका छन् ।
मेयरमा माओवादीका रानाले ६ हजार ४८५ मत ल्याउदा नेपाली कांग्रेसका उम्मेदवार पन्तले ४ हजार ९६२ मत ल्याएका छन् ।
वडा न १ देखि १० सम्मकाे मतपरिणाम अनुसार मेयरमा रानाले पन्तसंगकाे मतान्तर करिव १ हजार ५२३ बढाएका छन् । अहिले वडा न ११ काे मतगणना गन्न थालिएकाे छ । १४ वडा रहेकाे गाेरखामा ३५ हजार ३१ मतदाता रहेका छन्।
उपमेयरमा कांग्रेसकी मसलीमाया थाेकरले अग्रता लिएकी छिन् । उनले ५ हजार २१६ मतका साथ अग्रता लिएकी हुन् । जनता समाजवादी पार्टीका उपमेयर पदका उम्मेदवार नारायण खत्री ४ हजार ६४२ मतका साथ पछ्याउदै छन् ।
नगरपालिकाकाे वडा न १ मा कांग्रेसका हिक्मतबहादुर कुंबर, २ मा कांग्रेसका रहम तुल्ला मिया, ३ मा एमालेका चुल बहादुर कुँबर, ४ मा माओवादीका लालप्रसाद भट्टराई, ५ मा एमालेका खिल बहादुर राना, ६ मा स्वतन्त्र उमेदवार राजेन्द्र कुमार जोशी र ७ मा माओवादीकाका बिष्णु प्रसाद श्रेष्रठ निर्वाचित भएका छन्र ।
वडा न ८ मा माओवादीका ऋषिराम खत्री, वडा न ९ मा कांग्रेसका कुल बहादुर कुँवर र वडा न १० मा कांग्रेसका प्रदिप कुवंर निर्वाचित भएका छन् । नगरपालिकामा कांग्रेस र एकीकृत समाजवदी, माओवादी र जसपाको बीच तालमेल थियो । एमाले एक्लै मैदानमा होमिएको थियो ।
प्रतिक्रिया