+
Search

ताजा अपडेट +

पपुलर +

जसपा गोरखाले भन्यो– घर पोलेर खरानीमा रमाउने कार्यशैलीले अपेक्षित नतिजा आएन

4KNationalDaily
२०७९ जेष्ठ ६, शुक्रबार ०८:१६ बजे

गोरखा- जनता समाजवादी पार्टी (जसपा) गोरखाले पालुङटार नगरपालिकामा अपेक्षित नतिजा नआएको बताएकाे छ।

जिल्ला अध्यक्ष यानप्रसाद भट्टले एक प्रेस वक्तव्य निकाल्दै ‘घर पोलेर खरानीमा रमाउने’ कार्यशैलीले पालुङटारसहित जिल्लामा अपेक्षित  नतिजा आएको बताएका हुन् ।

जसपाका केही नेताहरूले अन्तर्घात गरी अन्य पार्टीलाई सघाउने कार्यशैलीलाई अध्यक्ष भट्टले ‘घर जलाएर खरानीमा रमाउने’ भनेका छन् ।

बिहीबार जारी वक्तव्यमा भनिएको छ, ‘पालुङटारको हकमा घर पोलेर खरानीमा रमाएको यथार्थतालाई स्वीकार गर्दै वैकल्पिक शक्ति निर्माणको अभियानमा साहस, धैर्य र हिम्मतका साथ होमिन सिंगो पार्टी पंक्तिमा हार्दिक अपिल गर्दछु ।’

अध्यक्ष भट्टले स्थानीय निर्वाचनमा जसपा गोरखाले अपेक्षाकृत सफलता हासिल गर्न नसकेकोमा जिल्ला नेतृत्वको ठाउँबाट गम्भीर आत्माआलोचित भएको वक्तव्यमा उल्लेख गरेका छन् ।

राष्ट्रिय गठबन्धनका कारण एक्लाएक्लै गठबन्धनमा जाँदा कठिन हुने र कतै न कतै तालमेल गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताउँदै उनले यस्तो अवस्थामा कुनै दलबाट राजनीतिक गद्दारी र कुनै दलबाट अहम् दम्भको पराकाष्ठाको कारणले गणितमा जसपा फेल भएको बताए ।

पालुङटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका थिए भने जसपा र नेकपा एमालेबीच चुनावी तालमेल थियाे । एमालेले जसपालाई घात गरी असहयोग गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily