+
Search

ताजा अपडेट +

पपुलर +

गगन थापा भन्छन् : नेपाल मान्छे बेच्ने, मालसामान भित्र्याउने देश हो

4KNationalDaily
२०७९ जेष्ठ ६, शुक्रबार १७:१६ बजे

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले नेपाललाई मान्छे बेच्ने, मालसामान भित्र्याउने देश भनेका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष ०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।

‘नेपाल मान्छे बेच्ने मालसामान भित्र्याउने देश होु’ उनले भने, ‘हामी मानवीय श्रम विदेश पठाउँछौँ अनि हाम्रो भान्सामा सबै कुरा विदेशबाट ल्याएर चलाउँछौँ।’

उनले बहुदल पछाडि उद्योग धन्धा बेचेको कुरा गलत भएको बताए।

‘यसमा गलत भाष्य बनाउन खोजिएको छ, उनले भने, ‘बहुदल पछाडि नै धेरै उद्योग खोलिएका हुन्। बाहिर भने जस्तै निजीकरणका नाममा उद्योग बेचिएको कुरा गलत हो।’

उनले अर्बौँका सामान विदेशबाट ल्याएर कृषिप्रधान देशको गफ दिइरहेको बताउँदै नेपालले आत्मनिर्भर हुने विकल्पमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily