+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिकी उपविदेशमन्त्री नेपालमा, परराष्ट्र अधिकारीद्वारा स्वागत

4KNationalDaily
२०७९ जेष्ठ ६, शुक्रबार १८:११ बजे

काठमाडौँ- अमेरिकी उपविदेशमन्त्री उज्रा जिया तिनदिने भ्रमणमा नेपाल आएकी छन्।

परराष्ट्र मन्त्रालयका सिस्टाचार अधिकृत मनहरी दङगालले उपविदेशमन्त्री जियालाई शुक्रबार दिउँसो अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

उनले भोलि शनिबार अपरान्ह काठमाडौंस्थित तिब्बती शरणार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।

पर्सि आइतबार उनले प्रधानमन्त्री शेर बहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र गृहमन्त्री बालकृष्ण खाणसँग भेट्ने कार्यक्रम छ।

उपविदेशमन्त्री जियाले ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेकी छन्।

जिया अमेरिकी रास्ट्रपति जो बाइडेनकी तिब्बत मामिला हेर्ने विशेष संयोजक पनि हुन। भारत भ्रमण सकेर उनी नेपाल आएकी हुन्।

जियाले धर्मशालास्थित निवासमा पुगेर निर्वासित तिब्बती धर्म गुरु दलाइ लामासँग भेट गरेकी थिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily