+
Search

ताजा अपडेट +

पपुलर +

नबिल बैंकको साधारण सभाबाट नेपाल बंगलादेश बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पारित

4KNationalDaily
२०७९ जेष्ठ ८, आईतवार ०९:५६ बजे

काठमाडौँ- नबिल बैंक लिमिटेडको आज सम्पन्न विशेष साधारण सभाले नेपाल बंगलादेश बैंक लिमिटेडलाई एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी विशेष प्रस्तावपारित गरेको छ।

नेपाल बंगलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००ः४३लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ।

जसअनुसार नेपाल बंगलादेश बैंकका शेयरधनीहरुले नेपाल बंगलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३कित्ता शेयर प्राप्त गर्नेछन्।

उक्त साधारणसभाले नेपाल बंगलादेश बैंक लिमिटेडलाई नबिल बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा भएको सम्पत्ति, दायित्व, तथा कारोबारको मूल्यांकनकर्ता पिकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनी, चाटर्ड एकाउण्टटेन्ट्सको नियुक्ति तथा निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन समझदारीपत्र तथा अन्तिम सम्झौतापत्र लगायतका सम्पुर्ण काम कारवाहीहरुलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

२०७८ चैत्र मसान्तको वित्तीय विवरण अनुसार नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पूजी २२अर्व ८३ करोड २९ लाख ८ हजार पुग्नेछ भने कर्जा रकम ३०९ अर्ब र निक्षेप रकम ३२० अर्ब पुग्नेछ।

त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार १४५अर्ब पुग्नेछ। प्राप्ति पश्चात् नबिल बैंकको शाखा सञ्जाल बृद्धिभई २५४ पुग्नेछ। त्यसैगरी, ९ महिनाको संयुक्त खुद मुनाफा ४ अर्ब ४६ करोड हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily