+
Search

ताजा अपडेट +

पपुलर +

मेटलाइफको बीमा अभिकर्ता आवेदन अनलाइनबाटै

4KNationalDaily
२०७९ जेष्ठ १०, मंगलवार ०९:५८ बजे

काठमाडौँ- मेटलाइफ नेपालले डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरु भर्ना गर्नका लागि नेपालमै पहिलो पटक मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन प्लेटफर्म (एमएआरएस) शुरु गरेको छ।

बीमा सल्लाहकारहरुको छनौट तथा भर्नाका लागि ल्याइएको यस अभिनव डिजिटल सोलुसनको अनावरण मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य वरिष्ठ अधिकारीहरुसँग कम्पनीको मुख्य कार्यालय काठमाडौंमा गरेका थिए।

एमएआरएसमा इच्छुक बीमा अभिकर्ताहरुले अनलाइन नयाँ खाता खोली, आवश्यक कागजातहरु अपलोड गरेर आफ्नो प्रोफाइल बनाउन सक्नुका साथै आफूलाई चाहिने अनिवार्य तालिम प्रशिक्षणहरु लिन र इजाजतपत्रहरुका लागि पनि अनलाइन नै आवेदन दिन सक्छन्।

यसका अतिरिक्त उम्मेद्वारहरुले एमएआरएस मा उपलब्ध भएका एजेन्सी प्रबन्धकहरुको प्रोफाइल आफैं विश्लेषण गरि आफूलाई मन परेको प्रबन्धक छनोट गर्न सक्छन् जसले गर्दा उनीहरुलाई आफूले इच्छाएको प्रबन्धकहरुसँग काम गर्न र सो प्रबन्धकको निर्देशनमा आफूले अभिकर्ताको रुपमा व्यापक यात्रा अनुभवको अवसर पनि प्राप्त गर्न सक्छन्।

यस अनलाइन सोलुसनले नेपालका विभिन्न स्थानहरुबाट कम्पनीलाई नयाँ अभिकताहरु भर्ना गराउन सक्षम पारी देशभरका धेरै ग्राहकहरुमाझ मेटलाइफलको बीमा सुरक्षाका फाइदाहरु पुर्याउन मद्दत गर्ने कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले बताए।

साथै उनले यस डिजिटल पोर्टलले कम्पनीका सबै सरोकारवालाहरुलाई मेटलाइफसँग काम गर्न अझ सजिलो र सुविधाजनक बनाउन नयाँ डिजिटल प्लेटफर्महरू प्रस्तुत गर्ने आफ्नो प्रतिबद्घतालाई मजबुत बनाएको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily