+
Search

ताजा अपडेट +

पपुलर +

नीति तथा कार्यक्रम: नेपाली उद्योग नेपालमै रोजगार, आफ्नो उत्पादन आफ्नै व्यापार

4KNationalDaily
२०७९ जेष्ठ १०, मंगलवार १९:१९ बजे

काठमाडौं– सरकारले नेपाली उत्पादनलाई प्राथमिकता दिन नयाँ नीति लिने जनाएको छ।

मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत नीति तथा कार्यक्रममा ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धी कार्यक्रम’ सञ्चालन गरिने उल्लेख छ।

‘नेपाली उद्योग नेपालमै रोजगार, आफ्नो उत्पादन आफ्नै व्यापार भन्ने नाराका साथ अभियान दशक शुरु गरिनेछ,’ सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, ‘यस्ता उद्योगका लागि कर र भन्सार छुट र निर्यात अनुदानमार्फत् राणनीति प्रवर्द्धन गरिने छ।’

प्रतिस्पर्धी सीप विकास, साझा भौतिक पूर्वाधार विकास र नविन प्रविधिमा पहुँच विस्तार गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।

घरजग्गा कारोबारमा कडाइ गर्ने सरकारको नीति

सरकारले घर–जग्गा कारोबारलाई कडाइ गर्ने भएको छ।

सरकारको नीति तथा कार्यक्रममा विशिष्टिकृत संस्थाबाट मात्र घर जग्गाको कारोबार गर्ने व्यवस्था गरिने भनिएको छ। अहिले घरजग्गाको कारोबार सबैले गर्दै आएकोमा त्यसलाई रोक्दै सरकारले विशिष्टिकृत संस्था अनिवार्य गर्ने नीति लिएको हो।

घर जग्गामाथिको लगानी अनुत्पादक क्षेत्र भएको भनि आलोचना भइरहेको समयमा सरकारले यसलाई रोक्ने नीति ल्याएको हो।

सरकारले नीति तथा कार्यक्रममा नापजाँच गर्न छुट भएका जग्गा धनीलाई जग्गाधनी पूर्जा उपलब्ध गराइने र देशभरका सामुदायिक र गुठी जग्गाको विद्युतीय प्रणालीमा रेकर्ड राख्ने व्यवस्था मिलाउने पनि जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily