+
Search

ताजा अपडेट +

पपुलर +

स्वरुपको अनुनयमा यसरि खोजि हिडे मोडल अमृतालाई

4KNationalDaily
२०७९ जेष्ठ ११, बुधबार ११:४५ बजे

गोरखा- चर्चित गायक स्वरुपराज आचार्यको को स्वरमा सजिएको नयाँ गीति एल्बम अनुनयको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डा. प्रमोद शर्माको लय बिष्णु तामाङको सगीत संयोजनमा तयार भएको उक्त गीतको भिडियोलाई बसन्त सापकोटाले निर्देशन गरेका हुन् ।

प्रभामा क्रेसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा गोरखाली मोडल थुप्रै नाटक टेलिफिल्म सर्ट मोभीमा आफ्नो अब्बल कला प्रस्तुत गरिसकेकी मोडल अमृता श्रेष्ठको जिवन्त अभिनय रहेको छ ।

उनलाई कलाकार प्रमोद शर्माले साथ दिएका छन् । समाजमा घटिरहने सम-सामयिक बिषय बस्तु र समस्यालाई गीतको भिडियोमा आकर्षक तवरले उतार्ने प्रयास गरिएको छ ।

दिनेश पराजुलीको छायांकन, दिपक कुमार श्रेष्ठ र अम्बिका शर्माले निर्माण गरेको उक्त भिडियो सबैको रोजाइमा पर्न सकेकाे देखिन्छ ।

भिडियो

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily