गाेरखा- गाेरखाली गीतकार ध्रुव प्रसाद अंगाईकाे ‘जमानत गुमायौ’ गीतको भिडिओ सार्वजनिक भएकाे छ l
प्रेम वियोगमा आधारित मार्मिक भावको गीत हो-जमानत गुमायौ’ l गीतमा प्रेमिकाबाट धोका पाएको एक प्रेमीको वेदना पोख्ने प्रयास गरिएको छ l
गीतमा स्वर तथा सङ्गीत सुरेसचन्द्र ठकुरी, म्युजिक एरेञ्ज किरण कँडेलको र मिक्सिङ माष्टरिङ श्यामश्वेत रसाइलीको रहेको छ भने भिडिओको निर्देशन विक्रम चौहानले गरेका छ्न् l
सुरेश श्रेष्ठको सिनेम्याटोग्राफी र मिलन विश्वकर्माको सम्पादन रहेको यस म्युजिक भिडिओमा आरजे सोनी, सिमोन किङ, स्वस्तिका श्रेष्ठ र सुसाना दुलालले अभिनय गरेका छ्न् l
बिगत २० बर्षदेखि प्रवासमा बस्दै आएका गण्डकी गाउँपालिका फुजेलका अंगाईका तीन दर्जन भन्दा बढी गीतहरु बजारमा आईसकेका छ्न् । यथार्थ घटनाहरुलाई गीतमा उतार्न बढी मन पराउने गीतकार अंगाईका गीतले हरेक बर्ष चर्चासमेत कमाईरहेका हुन्छ्न् l
‘आँखा आँखा जुधी, माया कुरा सुनिदेऊ, नजुरेको लगन, मखमली चोली, मन खोलेर गाउँ गीत, न भुल्न सक्ने, घरमा कुरा, काले केटा २, माया हे माया, माया तिरिरिरी, तिमीलाई सन्देश, विहानीको घामको झुल्को’ आदि उनका चर्चित गीतहरु हुन् ।
हरेक बर्ष उत्कृष्ट गीतकारको विधामा अवार्ड हात पारिरहेका अम्गाई यसैबर्ष गीतकार सङ्घ नेपालले प्रदान गर्ने ‘बर्षगीत पुरस्कार’ मा उत्कृष्ट दस गीतकारभित्र पर्न सफल भएका छन् l उनको गीत ‘आँखा आँखा जुधी’ टपटेन भित्र पर्न सफल भएको हो l उनका गीत धेरै अवार्डहरुमा नोमिनेसनमा पनि पर्ने गरेका छ्न् l
भिडिओ
प्रतिक्रिया