+
Search

ताजा अपडेट +

पपुलर +

नवनिर्वाचित जनप्रतिनिधिलाई पुनको चेतावनी : खराब काम गरे पार्टीले कारबाही गर्छ

4KNationalDaily
२०७९ जेष्ठ १४, शनिबार २०:२४ बजे

फाइल तस्बिर

काभ्रे- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जनताको अहितमा काम गर्ने र पार्टीलाई बदनाम गर्ने काम गरे जनप्रतिनिधिमाथि कारबाही गरिने चेतावनी दिएका छन्।

पार्टीका तर्फबाट नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई बधाई दिन शनिबार काभ्रेमा आयोजित कार्यक्रममा पुनले राम्रो काम गर्न निर्देशन दिए। जनप्रतिनिधिले पार्टीको निश्चित नीति, विचार, आदर्श, कार्यशैली र अनुशासनको दायरामा बसेर जनताका पक्षमा काम गर्न सक्नुपर्ने उनले बताए।

निर्धक्कसँग राम्रो काम गर्दा पार्टीले सहयोग गर्ने र हौसला दिने उनको भनाइ थियो। ०७४ को स्थानीय निर्वाचनपछि जनप्रतिनिधिले पार्टी र पार्टीले जनप्रतिनिधि नखोजेको भन्दै अब त्यसरी नचल्ने पुनले बताए।

आफ्ना जनप्रतिनिधिलाई अरुको आलोचना र खिस्सीट्युरीमा नअल्झिन सुझाव दिए। राम्रो काम गरेर मन जितेपछि जनता आफैं माओवादी खोज्दै आउने उनको भनाइ थियो।

पार्टीको इज्जत र प्रतिष्ठा धुलोमा मिलाउने जनप्रतिनिधिलाई पार्टीमा राखिरहन नसकिने स्पष्टोक्ति उनको छ।

‘राम्रो गर्नेलाई प्रोत्साहन गर्ने। राम्रा प्रतिनिधिलाई सम्मान गर्ने र हौसला बढाउने काम हुन्छ’, पुनले भने, ‘नराम्रो गर्नेलाई सच्याउने र आवश्यक परे कारबाही पनि गर्ने। किन भने मत घटाउने, पार्टीलाई बदनाम गर्ने प्रतिनिधिलाई राखेर केही काम छैन। गल्ती गरेको छ गन्हाएको छ। दुनियाँले छिछि गरेको छ। हामीले त्यसलाई संरक्षण गर्नु हुँदैन।’

जनप्रतिनिधिलाई प्रशिक्षित गर्न १८ र १९ गते प्रशिक्षण राखिएको जानकारी उनले दिए। पुनले यसअघि जितेका ५० प्रतिशत जनप्रतिनिधिले किन निर्वाचन हारे भन्नेबारे कारण खोजिने बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily