+
Search

ताजा अपडेट +

पपुलर +

अर्थमन्त्री जनार्दन शमाले संसदमा पेश गरे आर्थिक सर्वेक्षण, वृद्धिदर ५.८४ प्रतिशत हुने

4KNationalDaily
२०७९ जेष्ठ १४, शनिबार २०:५५ बजे

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा शनिबार आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश गरेका छन्।

प्रतिनिधिसभा बैठकमा शुक्रबार नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण पेश हुन पाएको थिएन।

शनिबार सरकारको नीति तथा कार्यक्रम पारित भएलगत्तै मन्त्री शर्माले आर्थिक सर्वेक्षण पेश गरेका हुन्। नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुअघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ।

यो वर्ष आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण

चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने सरकारले प्रक्षेपण गरेको छ । अर्थमन्त्री शर्माले पेश गरेको आर्थिक सर्वेक्षणमा आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा बढी हुने देखिएको छ । अघिल्लो वर्ष ४.२५ प्रतिशतको आर्थिक वृद्धि भएको थियो ।

सन् २०२२ मा विश्व अर्थतन्त्र ३.६ प्रतिशतले मात्रै बिस्तार हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ ।

चालु आवमा कृषि २.३ प्रतिशत, उद्योग ८.१ प्रतिशत र सेवा क्षेत्रको कुल मूल्य अघिवृद्धि ६.६ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । चालु आवमा मूल्य अघिवृद्धिमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २३.९ प्रतिशत, १४.३ प्रतिशत र ६१.८ प्रतिशत रहेको छ ।

चालुृ आवमा कुल ग्राहस्थ उत्पादनको वृद्धिदर प्रदेश नम्बर १ मा ५.४१ प्रतिशत, मधेश प्रदेशमा ४.८२ प्रतिशत, बाग्मती प्रदेशमा ६.७४ प्रतिशत गण्डकी प्रदेशमा ६.१७ प्रतिशत, लुम्बिनी प्रदेशमा ५.३६प्रतिशत, कर्णाली प्रदेशमा ५.७४ प्रतिशत र सुदुरपश्चिममा प्रदेशमा ४.९२ प्रतिशत हुने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७७/७८मा कुल ग्राहस्थ उत्पादनमा उपभोगको अंश ९२.३ प्रतिशत रहेकोमा चालु आवमा केही कमी आइ ९०.७ प्रतिशत रहने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा कुल लगानी २५.९ प्रतिशतले संकुचन भएकोमा पछिल्लो २ वर्षमा यस्तो लगानी बढेको छ ।
आव २०७७/७८ मा २९.३ प्रतिशतले वृद्धि भएको कुल लगानी चालु आवमा १८.१ प्रतिशतले बढेर १८ खर्ब ७ अर्ब २९ करोड रुपैयाँ अनुमान छ ।

आव २०७७/७८ मा कुल ग्राहस्थ उत्पादनसँग कुल लगानीको अनुपान ३५.८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा यस्तो अनुपातमा वृद्धि भइ ३७.३ प्रतिशतले पुग्ने अनुमान गरिएको छ ।

आर्थिक सर्वेक्षणकाे पूर्णपाठ

[pdf-embedder url=”https://www.4knationaldaily.com/wp-content/uploads/आर्थिक-सर्वेक्षण-२०७८-७९-अन्तिम-२०७८-०२-११.pdf” title=”आर्थिक सर्वेक्षण २०७८-७९ अन्तिम (२०७८-०२-११)”]

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily