+
Search

ताजा अपडेट +

पपुलर +

आज ४ बजे बजेट सार्वजनिक हुँदै

4KNationalDaily
२०७९ जेष्ठ १५, आईतवार ०८:४६ बजे

काठमाडौं– सरकार आगामी आर्थिक वर्ष ०७९ / ८० को बजेट आज ल्याउँदैछ । हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

आइतबार दिउँसो ४ बजे अर्थमन्त्री जनार्दन शर्माले संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् ।

बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ । योजना आयोगले आगामी आवको बजेटका लागि १७ खर्ब ४५ अर्बको सीमा निर्धारण गरिदिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily