+
Search

ताजा अपडेट +

पपुलर +

संविधानले परिकल्पना गरेका विषय कार्यान्वयन भए मात्र गणतन्त्र बलियो हुन्छ : गणेशप्रसाद तिमिल्सिना

4KNationalDaily
२०७९ जेष्ठ १५, आईतवार ०८:५४ बजे

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानले परिकल्पना गरेका विषयहरूलाई कार्यान्वयन गर्न सकेमा मात्र संघीयता र गणतन्त्र बलियो हुने बताएका छन्। उनले यसका लागि सरकार र सम्बद्ध सबै पक्षलाई ध्यानाकर्षण पनि गराएका छन्।

१५औं गणतन्त्र दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले गणतन्त्र स्थापना भएको डेढ दशक भएपनि जनताले आर्थिक, सामाजिक परिवर्तनको पूर्ण आभाष भने गर्न नपाएको बताएका छन्।

‘गणतन्त्र स्थापना भएको करिब डेढ दशकको यस अवधिमा राजनीतिक परिवर्तन संस्थागत भए पनि जनताले आर्थिक, सामाजिक परिवर्तनको पूर्ण आभाष गर्न पाएका छैनन्’, तिमिल्सिनाले भनेका छन्।

२०६२/६३ को जनआन्दोलनको परिणाम स्वरूप जननिर्वाचित संविधानसभाद्वारा राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गर्दै जनताको शासन सुनिश्‍चित गरेको यस दिन शासकीय व्यवस्थाको परिवर्तन मात्र नभई मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको लागि एउटा ऐतिहासिक दिन रहेको उनको भनाइ छ।

नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले सार्वभौमसत्ता र राजकीयसत्ता पूर्ण रूपमा जनतामा स्थापित गरेको तिमिल्सिनाले बताएका छन्।

‘संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व सहितको शासन व्यवस्था हामीले अभ्यास गरिरहेका छौं,’ उनले भनेका छन्, ‘नेपालको संविधानले परिकल्पना गरेको जनताको प्रतिस्पर्धात्मक बहदुलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्रको निर्माण गर्ने संकल्प सहितका विशेषता संविधानमा रहेका छन्।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily